हेर्नुहोस आजको राशिफल : मंसिर ५ गते आइतवार, यी राशिहरूकाे चम्किनेछ भाग्य !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्ने छन् । प्रशस्त धनार्जन गर्ने अवसर पाउनु हुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्टान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्य बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुने छ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्नेछ । मित्रवर्ग र बन्धुवा’न्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा का’ट्नेहरू चुप लाग्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – ब’न्द व्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवा’द आउने सम्भावना छ । आर्थिक सम’स्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवाता’स र सट्टा बाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दा मामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नुपर्ने भएकाले बन्दव्यापार र पेसा/व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहनेछ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवा’न्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – परिवार भित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – उपलब्धिमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीव्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासु’स्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धा’र्मिक क्षेत्रका क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । सृजनात्मक कामबाट आत्म सन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – प्रे’ममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहनेछ । रात छि’प्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । मातृशक्तिको उपासना र विपरीत लि’ङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्ब’न्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणय सम्ब’न्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मान सम्मानमा बृद्धि हुनेछ। आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ। बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा सम’स्या देखिन सक्छ। घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका सम’स्या मा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दु:ख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – नयाँ काम धन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका कामहरू बन्न सक्छन्, तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक सम’स्या झेल्ने परिस्थिति सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्