स्पेनमा मन्त्रीलाई कोरोना भा’इरसको सं’क्रमण

म्याड्रिड: स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको सं’क्रमण लागेको पुष्टि भएको छ ।समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको सं’क्रमण भेटिए पछि पतिको साथमा क्वारेन्टाइनमा राखिएको हो । बिहीबार सरकारले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो ।यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ ।

साथै कार्यवाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ। यससँगै प्रधानमन्त्री पेद्रो सान्चेजले यस विषयमा शुक्रबार भिडिओ कन्फ्रेन्स गर्ने बताइएको छ। यसअघि इरानमा आठजना र बेलायतमा एक उच्चपदस्थ व्यक्ति संक्रमित भएका छन्।

यता, चीनले भने अब कोरोना भाइरसको म’हामारी समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घो’षणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम म’न्द भए पछि यस्तो घो’षणा आएको हो । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र’भाव स’माप्त भएको जानकारी दिएको हो। विश्व स्वास्थ्य संगठन डब्लू एचओले कोरोनालाई म’हामारी घो’षणा गरेकै भोलि पल्ट चीनले आफ्नो देशमा कोरोनको प्र’भाव स’माप्त भएको घो’षणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्