हेर्नुहोस आजको राशिफाल : मंसिर ८ गते बुधवार, यी राशिहरूकाे चम्किनेछ भाग्य !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा ख’ट्दा मनमा आनन्दको अनुभूति हुने छ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयो जनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुख सुविधाका सामाग्रीको जोहो हुनेछ । ब’न्द व्यापारमा लाभै हुनेछ । प्रेम सम्ब’न्धमा सुधार आउने छ । गो’पनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिबृद्धि हुनेछ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ। दाजुभाइ र बन्धुबा’न्धव को सल्लाहले रोकिएको काम बन्नसक्छ । धा’र्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्य पक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अ’चानक सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – चन्द्रमा राशिमा आइपुगेकाले उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै पनि काम गर्नु हुँदैन । खानपान र मनोरञ्जनको आशा जाग्ने छ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वाद विवा’दमा समेत आफ्नो प’कड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मनमा अशान्ति र छ’टपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ। खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ। सामाजिक सभा समारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ। उत्साहमा बृद्धि हुनेछ। उद्योगधन्दा र ब’न्दव्यापार मा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परा’स्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घर परिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवा’दमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहनेछ । परोपकार वा समाजसेवा गर्दा भा’ग्य च’म्किने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक सम’स्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुन सक्छन् । पारमार्थिक काम प्रति चासो बढ्नेछ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मान प्रतिष्ठा र सामाजिक मर्यादा प्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सानातिना काम र घरेलु सम’स्यामै अल्मलिएर आजको दिन व्यतीत हुने छ । यात्राका क्रममा सचेत हुनु पर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारी साधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रो’ध आजका श’त्रु हुन् । यद्यपि देश परदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बिहान गरेका काममा ढिलो मात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रे’म तथा प्रण’यप्रसङ्गका लागि अनुकूल समय छ, दा’म्पत्य जीवन असल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्त’नमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोरा छोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवा’द सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहनेछ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवा’न्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रात:कालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ,तर मूलत: आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ।त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चि’न्तन प्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहनेछ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्