हेर्नुहोस आजको राशिफल : मङ्सिर ९ गते बिहीवार, यी राशिहरूकाे चम्किनेछ भाग्य !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोकिएका कामलाई पुन: सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुने छ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्नेछ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – केही खर्च लागे पनि सोचेको काम बन्ने छ । वैदेशिक काम काजमा फाइदा होला । मनको ड’र उत्साहमा रूपा’न्तरित हुने यो’ग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – प्रतिस्पर्द्धामा विजय प्राप्त गर्न निकै खट्नुपर्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइने छ,तर जान्नेबुझ्नेको राय लिनु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिला सुस्ती हुने योग छ । श्रमको प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिंदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुने छ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुने छ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकार जन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आस मारेको फल पुन: प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्द्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – धा’र्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्च बर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुम घामको सम्भावना छ । गरेका कामको सर्वत्र आ’लोचना हुनसक्छ । मनमा नि’राशा र वैराग्यका बादल मँडारिने सङ्केत छ, तर आत्म विश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रतिद्व’न्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला। लेनदेनको कारणले विवाद आउने सम्भावना छ। वि’परीत लि’ङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्ट मस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुन सक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेम सम्ब’न्ध र मित्रताको ब’न्धन खुकुलो बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – तर्क, विवा’द र बहसमा विजयी भइने छ । आशा गरे अनुरूप सहयोगी जुट्नेछन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ। शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्ग को वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दा’म्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पै’त्रिक सम्पत्तिको उपयोग बाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुने छ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइ बहिनीका समस्यामा केन्द्रित हुनु पर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन। त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पन्न हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्