भीम रावलको वि’रोधपछि रोकियो ओलीले चितवनमा गर्ने भनिएको रात्रिभोज

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनस्थल चितवनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ। पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि उक्त रात्रिभोज रोकिएको हो। रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधि लाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए।

अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो। एमालेको १० औं महाधिवेशनबाट ओलीले सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरेका थिए।सोही अपेक्षाबमोजिम उनले मनोनयन दर्तापछि रात्रिभोजको आयोजना गरेका थिए। उपाध्यक्ष रावलले अध्यक्षमा चु’नौती दिने घोषणा गरेका छन्।

उनको घोषणापछि १२ गते मतदान भएपछि अध्यक्षको टुंगो लाग्नेछ। नेकपा एमाले महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेका छन्। एमालेले ६ हजार बस आवश्यक पर्नेमा ४ हजार मात्रै उपलब्ध भएको जनाएको छ। ५ लाख जन सहभागिता गराउने गरी एमालेले मंसिर १० गते चितवनमा महाधिवेशन उद्घाटन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्