सामान्य परिवारमा जन्मिएका नेपाली युवा चिकित्सक डा. सन्तोष बने एम्सका इन्ट्रान्स टपर

काठमाडौं : गत आइतबार कलकत्तामा नेपाली चिकित्सक डा. सन्तोष डी. उपाध्याय मेट्रोमा यात्रारत थिए । त्यही बेला भारतको प्रतिष्ठित अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को इन्ट्रान्सको रिजल्ट आउट भएको थाहा पाए । डा. सन्तोषले पनि त्यो इन्ट्रान्स दिएका थिए । उकुस मुकुस र ढुकढुक बढ्यो । नेपालबाट गएका पत्रकार कनकमणि दीक्षितलाई भेट्न जाने क्रममा मेट्रोमा रहेका बेला उनले रिजल्ट आएको खबर सुनेका थिए । तर, इन्टरनेट नभएकाले हेर्न पाएनन् । मेट्रो बाट झरेपछि दीक्षितसहित नेपाली विद्यार्थीहरु जम्मा भएको ठाउँमा पुगे ।

इन्टरनेटको प’हुँचमा पुगेपछि रिजल्ट हेर्न थाले । विदेशी विद्यार्थी कोटातर्फ उनको नाम पहिलो नम्बरमा थियो। दीक्षितले यो महत्वपूर्ण सफलताका लागि डा. सन्तोषलाई पहिलो ब’धाई दिए, त्यहाँ उपस्थिती अन्य नेपाली विद्यार्थीसँग पनि उनले खुसी साटे । इन्ट्रान्स मा सहभागी ४—५ हजार विदेशी विद्यार्थीबाट फष्ट भएका नेपाली युवा चिकित्सक डा. सन्तोष इन्ट्रान्समा सहभागी झण्डै १ लाख विद्यार्थी माझ २ सय ५६ नम्बरमा पर्न सफल भएका छन् । यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विद्यार्थीको अब्बलता त झल्किन्छ नै ग्लोबल मञ्चमा पनि नेपालीहरु सफलता हासिल गर्न सक्छन् भन्ने पुष्टि गरेको छ ।

२६ वर्षीय डा. सन्तोष यो सफलताबाट उत्साहित र खुसी छन् । ‘एकदमै खुसी लाग्यो । आफूले मेहनत गरेअनुसार फल पाए । मभन्दा धेरै मेहनत गर्ने मान्छेहरु कति छन्।यो भाग्यको खेल पनि हो’ बुधबा भलाकुसारीमा उनले भने, ‘दुई तीन घण्टाको परीक्षामा कस्तो गर्न सकिन्छ । हरेक कुरा मिलेर म टप गर्न सफल भए । निकै खुसी लागिरहेको छ ।’ सामान्य परिवारमा हुर्के बढेका डा. सन्तोषको सफलता धेरै हिसाबले प्रेरणादायी छ । वि.सं. २०५२ असोजमा धादिङको परेवाटारमा उनी जन्मिएका हुन्। उनका बुवा डोलप्रसाद उपाध्याय सुरुमा गाउँमा मिल चलाउँथे ।

आमा सीता उपाध्याय घरासयी काममै व्यस्त थिइन् । उनका दुई दिदी, एक भाइ र एक बहिनी छन्।तर, नेपालका ग्रामीण क्षेत्रमा सशस्त्र द्व’न्द्व रापताप बढ्दैं गएपछि गाउँमा अ’सुरक्षा बढ्न थाल्यो। त्यही कारण उनी सानै छदैं उनको परिवार सदरमुकाम धादिङ बेसीमा बसाइँ सर्‍यो । धादिङबेसीमा बसाइँ सरेपछि उनका बुवाले त्यही होटल सञ्चालन गर्न थाले । जुन अहिले पनि धादिङबेसीमा छ। ‘त्यही वातावरणमा म हुर्केको हुँ,’ कलकत्ताबाट टेलिफोन कुराकानीमा उनले सुनाए, ‘त्यहीको चिल्ड्रेन पार्क बोर्डिङ स्कुलबाट मैले आफ्नो पढाइ अगाडि बढाए ।

सानैदेखि तीक्ष्ण बुद्धि र पढाइमा अब्बल भएकै कारण वि.सं. २०६८—०६९ को एसएलसीमा धादिङ जिल्ला टप मात्रै गरेनन्, एसएलसी बोर्डको टप फाइभमा पनि पर्न सफल भए। थप उच्च शिक्षाका लागि काठमाडौं आए। काठमाडौं सेन्ट जेभियर्सबाट उनले डिस्टि ङसनमा प्लस टु उत्तीर्ण गरे । सामान्य आर्थिक अवस्थाका कारण उनले डाक्टर बन्ने सपना पनि देख्न सकेका थिएनन् । तर, उनले छात्रवृत्तिमा एम बीबीएस पढ्नका लागि तयारी अगाडि बढाए । डा. सन्तोषले नेपाल सरकारको शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकाले । त्यसको म्याचिङको पर्खाइमै रहेका बेला उनले जगदम्बा गुठीले एमबीबीएस पढ्नका लागि दिने छात्रवृत्तिमा पनि नाम निकाले ।

‘दुई ठाउँमा नाम निस्कियो,’ डा. सन्तोष भन्छन्, ‘जगदम्बाको छात्र वृत्ति पाएपछि म भारतमा एमबीबीएस पढ्न आए ।’ एमबीबीएस अध्ययनका लागि उनी सन् २०१५ मा कलकत्ता गए । कलकत्ताको आरजीकर मेडिकल कलेज बाट उनको एमबीबीएस अध्ययन अगाडि बढाए । त्यहीबाट उनले सन् २०२१ को मार्चमा इन्टर्न समेत सके। इन्टर्न सकेपछि डा.सन्तोष आफै पढेको कलेज र अर्को एक अस्पतालमा जागिर गर्न थाले । ‘म पढेको कलेजको न्युरोलोजी डिपार्टमेन्टमा हाउस अफिसरका रुपमा काम गर्न थाले,’ उनले भने, ‘अर्को एउटा अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रुपमा काम गरिरहेको छु ।’

उनले काम गर्दा पिजीको तयारी समेत अगाडि बढाए। पुन—नपुग ६ महिना तयारी गरेपछि डा.सन्तोषले भारतकै प्रतिष्ठित एम्समा स’र्जरीतर्फको एमएसका लागि इन्ट्रान्स दिए। झण्डै ४—५ हजार बढी विदेशी विद्यार्थीले इन्ट्रान्स दिएकामा उनले उक्त इन्ट्रान्समा पहिलो नम्बरमा नाम निकाले । ‘काम गर्दै तयारी गरिरहेको थिए, थ्याक फुल्ली नाम निस्कियो,’ यी युवा चिकित्सक भन्छन् । भारतका झण्डै १ लाख विद्यार्थीले एम्समा इन्ट्रान्समा दिएकामा उनले २५६ नम्बरमा नाम निकालेका छन् । जनरल स’र्जरीमा एम्समा पिजी पढ्न लागेका डा. सन्तोषमा सानैदेखि स’र्जरीप्रति विशेष लगाव थियो ।

‘सानो हुँदाखेरि मेरी आमा ए’क्सीडेन्ट भएर लामो समयसम्म हामी अस्पताल बसेका थियौं,’ उनले स’र्जरी प्रतिको आकर्षणको कारण खोले, ‘त्यो बेलादेखि मलाई स’र्जन र स’र्जरी भन्ने कुरा प्या’सेनेटिङ लाग्थ्यो । अं’गभंग भएको मान्छेलाई ठीक गर्ने कुरा अद भूतजस्तो लाग्थ्यो ।’ एमबीबीएस पढ्दा उनले सर्जरीमा गोल्डमेडल समेत हात पारेका थिए । त्यही कारण पनि उनलाई स’र्जरी प्रति एक्स्ट्रा हौसला मिलेको हो । उसो त सामान्य आर्थिक अवस्था भएको परिवार जन्मेका डा. सन्तोषलाई कहिल्यै डाक्टर बन्छु जस्तो लागेको थिएन् । ‘परिवारको आर्थिक अवस्था र क्षमताले त्यो कल्पना गर्न सक्ने आँट नै थिएन्,’ उनले भने, ‘भाग्य र कर्मकै फल हो मैले कल्पना गर्न नसक्ने यो अवसर पाए ।’

लगाव र परिश्रमकै मिश्रण मान्नुपर्छ उनी प्रतिष्ठत संस्थाबाट ‘स’र्जन ड्रिम’ पूरा गर्दैछन् । सं’घर्षमा फुल्दै गरेका डा. सन्तोष सर्जन बनेर नेपाल फर्कने र मातृभूमीको सेवा गर्ने सोचमा छन् । कुराकानी बिट मार्नुपूर्व हामीले यी तन्नेरी चिकित्सकलाई सोध्यौं—‘टप गर्ने फर्मुला के रहेछ ?’ उनले सपाट उत्तर पस्के, ‘टप गर्ने एकमात्र फर्मुला सि’न्सीया रिटी र हार्डवर्क नै हो ।’ एउटा भनाइ नै छ—हार्ड वर्क बिट्स ह्वेन ट्यालेन्ट डज नट वर्क हार्ड । हो पनि हरेक मान्छेमा ट्यालेन्ट त हुन्छ तर मेहनत गरेन भने त्यसले मात्रै काम गर्दैन् । ‘यी दुवैको क’म्बिनेसन हुनुपर्छ,’ उनी थप्छन् , ‘लगातार एउटा काममा लागिरहनुपर्छ । नियमिततामा ब्रेक गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्