प्रधानमन्त्री ओली आज डिस्चार्ज हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिनुभयो ।

‘‘प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्य लाभ पछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उहाँले भन्नुभयो । यसअघि मिर्गाैला दाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ । प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना हुनु भएको थियो ।

उहाँको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधाानमन्त्रीकी निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह र प्रा.डा. उत्तम शर्मा, जसले स्वदेशमै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरे। शाह प्रधानमन्त्रीका निजी चिकित्सकका साथै अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख हुन्। शर्मा युरोलोजी विभागका प्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस्