अनेरास्ववियुका नेता राईलाई आठ वर्ष कैदको फैसला

काठमाडौं : अनेरास्ववियुका निवार्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले ब’ला’त्कार मु’द्दामा आठ वर्ष ६ महिना कै’दको फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इ’जलासले बिहीबार सत्तारुढ नेकपा निकट विद्यार्थी नेता राईलाई आठ वर्ष ६ महिना कै’दको फै’सला सुनाएको हो।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार साढे आठ वर्ष कै’द सहित पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्ष’तिपूर्ति दिनुपर्ने फै’सलामा उल्लेख छ। रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु नेता समेत रहेका राईले गत कात्तिक ११ गते आफ्नै साथीकी बहि नीलाई देउसी खेल्न बोलाएर ब’ला’त्कार गरेको भन्दै प्रहरीमा उ’जुरी परेको थियो।

दिदी काठमाडौंमा नभएको मौ’का पारी तिहारको अघिल्लो दिन उनले बहिनीलाई देउसी खेल्न बोलाएर ब’ला’त्कार गरेको आ’रोप राईमाथि लागेको थियो। देउसी खेल्न बोलाएर मोटरसाइकलमा माकलबारी स्थित आफन्तको डेरामा लगेर ब’ला’त्कार गरेको पी’डि तको उ’जुरीमा उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्