कोरोना भाइरस वि’रुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डि’स्चार्ज हुनुभएको छ । १२ दिनको अस्पताल बसाइ पछि प्रधानमन्त्री शुक्रवार साँझ बालुवाटार प्रस्थान गरेका हुन्। साढे ६ बजे प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको हो।

डाक्टरको अनुमतिपछि उहाँले शुक्रबारदेखि ‘ट्याब्लेट’ प्रयोग गर्न थाल्नुभएको हो। ट्याबलेट मार्फत प्रधानमन्त्री ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै कोरोना भाइरस संक्रमण विरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रबीच सहकार्यका लागि नेपाल सरकार तयार रहेको उल्लेख गनुभएको छ ।

उहाँले कोरोना भाइरस वि’रुद्धको ल’डाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्