प्रधानमन्त्रीलाई बालुवाटारमा बुबाको स्वागत

काठमाडौं : १२ दिन लामो उपचारपछि बालुवाटार पुगेका प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन्। फागुन १९ गते महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रो पटक मिर्गौला प्रत्या रोपण भएको हो। शुक्रबार साँझ डिस्चार्ज भएका ओलीलाई सिधै सरकारी निवास वालुवाटार लगिएको थियो।

बालुवाटारमा निवासमा ओलीलाई उनका पिताले स्वागत गरेपछि अ‍ोलीले शिर झुकाए पछि मोहन प्रसादले आर्शिवाद दिएका छन् । ‘निवास फर्कँदा प्रधानमन्त्री ज्यूलाई पिताजीको स्वागत’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्। थापाले तस्बिर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका हुन्।

मिर्गौला प्र’त्या’रोपण पछि पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने बताइएको छ। ओलीलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मि’र्गौला दिएकी हुन्। समीक्षा भने पूर्ण स्वास्थ्य लाभ गर्दै फागुन २८ गते डिस्चार्ज भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्