फिल्म हलमा नजान सरकारको आह्वान

काठमाडौं : कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ । उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको सं’क्रमणबाट जोगिनका लागि धेरै भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन् । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइरसको सं’क्रमणको जो’खिम धेरै हुन जान्छ । यता सिनेमा हल हरुले भने उचित सावधानी अपनाइएको दाबी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् ।

यद्यपि आजदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण रिलिज हुन सकेन । बिहीबार सम्पन्न नेपाल सरकारको उच्चस्तरीय सम्मन्वय समितिको निर्णयको अन्तिम बँुदामा पनि भाइरसको सङ्क्रमणबाट जोगिन ठूलो संख्यामा मानिस हरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सव सहभागी नहुन सबैलाई आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्