घरबाट निश्कन ‘सेल्फ सर्टिफिकेशन’ देखाउनु पर्छ

काठमाडौं : म अहिले इटालीको रोम सहरमा छु । यहाँ सरकारले मास्क लगाउने अनिवार्य नगरे पनि सं’क्रमितले भने अनिवार्य मा’स्क लगाउनु पर्छ। प्रयोग भएको मास्क ज’ताभावी फ्याँक्न पाँइदैन र नि’श्चित स्थानमा मात्र राख्नु पर्ने हुन्छ । सामूहिक रुपमा तथा संगठन बनाएर हिड्न वा बस्न पूरै प्र’तिबन्ध लगाइएको छ भने समूहमा बसेमा प्रहरीले सिधै का’रवाही गर्छ ।

यहाँका स्कूल, कलेज सबै अप्रिल ३ सम्मका लागि ब’न्द गरिएको छ । सं’क्रमण कम नभए थप समय बन्द गर्ने मैले सुनेको छु । विद्यार्थीहरूलाई अनलाईन सिष्टमबाट होम वर्क गर्ने व्यवस्था गरिएको छ मेरा छोराले पनि यसै अनुरुप पढ्ने गरेकाे छ । इटालीमा रहे का नेपाली संघ सस्थाहरू बीच कोरोनाको सं’क्रमणबाट कसरी बच्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।

अहिले इटलीमा १५ सय देखि दुई हजार नेपाली रहेको अनुमान छ । यहाँका उद्योग कल कारखाना ब’न्द छन् र पर्यटन आवत जावत रोकिए सँगै पर्यटक देख्न पाइँदैन् । जो वि’रामी भएको खण्डमा आफनो व्यक्रि गत डक्टरलाई फोन गरेर घरमै बोलाएर उपचार गर्नुपर्ने हुन्छ । इटलीमा एअरपोर्टमा आवत आवत पूरै ब’न्द गरिएको छ । यहाँ सेनजेन देशबाट पनि आवत जावत रोक्ने तयारी गरेको मैंले जानकारी पाएको छु ।

आजको दिनसम्म हामी नेपाली सुरुक्षित अवस्थामा छांै । याहाँ रहेको नेपाल दूताबास र कन्सुलर कार्यालय सँग छलफल भईरहेको छ। दुई तीन दिन अगाडि नेपाल जान चहाने नेपाली घर गएपनि अहिले नेपाल जाने इ’च्छा भए पनि जानको लागि रो’क लगाएको अवस्था छ । कोरोनाको सं’क्रमण बढेसँगै इटली सरकारले विशेष निगरानी उच्च सतर्कता अपनाएको छ ।

इटलीमा रहेका शैक्षिक संस्था, सुपरमार्केट पसल, उद्योग कलकारखाना सवै जसो बन्द गरिएको छ। जसका कारण यस क्षेत्रमा सुनसान र उ’राठ लाग्दो भएको छ। घर वाहिर निस्कन अतिनै आवश्यक परेमा सेल्फ सर्टिफिकेसन (अाफ्नाे स्वास्थय अबस्था उल्लेख गरेकाे एक प्रकारकाे फारम) देखाएर मात्र निस्कन दिईएको छ । बाहिर निस्कदा गलत कारण देखाएको वा अति जरुरी नभइ बाहिर गएको पाईएमा दुई महिना जे’ल स’जायसम्म हुने प्रहरीले भनेको छ ।

यही १० मार्च बाट २५ मार्चसम्म वाहिर नि’स्कन नपाउने सरकारले उर्दी जा’री गरेको छ । कोरोना सं’क्रमितको संख्या दिनानु दिन बढ्दै गएका छ । यहाँको सर कारले कुनै पसल वा कुनै ठाउँमा सामान किन्न् जाँदा कम्तिमा एक मिटरको ग्यापमा लाईनमा बस्नु पर्ने हुन्छ भने हात मिलाउन अं’कमाल गर्न प्र’तिवन्ध लगाईएको छ । (गैर आबासीय नेपाली संघ इटालीका अध्यक्ष गुरुङ सँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्