कोरोना भाइरसको प्रभाव : निगमले नयाँ दिल्लीको उडान घटायो

काठमाडौं : कोभिड-१९ (कोरोना) भाइरसको प्र’भावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ। काठमाडौँ- दिल्ली -काठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले शुक्रबार विज्ञप्ति मार्फत जनाएको हो।

पहिला दैनिक दुई वटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक मात्रै उडान गर्नेछ। ‘अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभए सम्मका लागि स्थगित गरिएको छ’, निगमको विज्ञप्तिमा भनिएको छ। बैङ्गलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरिएको छ।

त्यस्तै बैङ्कक गन्तव्यको मार्च ११ र मार्च २५ को उडान एवम् हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको निगमले जनाएको छ। निगमले काठमाडौँ दोहाबीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकेको छ । उडान स्थगन गरिएका गन्तव्यको उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फि’र्ता गर्दा भु’क्तानी गरेको रकम पूरै उपलब्ध गराइने र टिकटको उडानको मिति एक पटक परिवर्तन गर्न शु’ल्क नलाग्ने व्यवस्था गरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्