कोरोनाको त्रास : नेपालसँगको सीमाक्षेत्रमा भारतको कडा निगरानी

काठमाडौं: विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस ( कोभिड–१९) को विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। नेपालमा ४ सय ५० जनाको नमूना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण देखिएको छ र ती व्यक्ति पनि उपचारपछि कोरोना मुक्त भइसकेका छन् । नेपालको छिमेकी भारतमा भने कोरोनाबाट ८३ जना संक्रमित भइसकेका छन् ।

त्यसमध्ये १० जनाको सफल उपचार भएको छ । त्यस्तै, दिल्ली र कर्नाटकमा एक–एक जना गरी दुईजनाको मृ’त्यु भएको छ भने बाँकी ७१ जना सं’क्रमित छन। भारतमा पहिलो पटक ३० जनवरीमा केरालाका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध जुध्नका लागि एकजुट हुन सार्क सदस्य राष्ट्रलाई आह्वान गरिसकेका छन् । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्सले मोदीको यो आह्वानमा समर्थन जनाएका छन् । नेपालसँग सीमा जोडिएका क्षेत्रबाट कोरोनाको सं’क्रमण फैलनसक्ने खतरा मध्यनजर गर्दै भारतले सीमा क्षेत्रमा विशेष योजना सहित कडा निगरानी गरिरहेको छ ।

तेस्रो मुलकका नागरिकलाई भारतबाट छिर्न नेपाल सरकारले पनि रोक लगाएको छ भने अन्य सतर्कता समेत अपनाइएकाे छ । नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलो मिटर लामो खुला सीमाना छ, जहाँ झन्डै दुई दर्जन चेक प्वाइन्ट छन् । दैनिक हजारौंले सहज रुपमा सीमा वारपार गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्