७८ हजार थान मास्क सहित ८ जना प’क्राउ

काठमाडौं : ७८ हजार थान सर्जिकल मास्क सहित ८ जना प’क्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट प’क्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

प’क्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, काभ्रेकै रोशी-९ का मानकाजी लामा, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, नृप कार्की, बाजुराका थुमराज उपाध्याय सहितका ८जना रहेका छन। बोगटीका अनुसार उनीहरुले मास्कलाई ३१ रुपैयाँ होलसेल मूल्य मा बेचेर ५० रुपैयाँ खुद्रामा बेच्ने तयारी गरिएको पाइएको छ ।

यस्तै उनका अनुुसार मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क नै ३१ रुपैयाँमा विक्री गर्न खोजेको थियो । र, बजारमा ५० रुपैयाँमा बेच्ने तयारी छ । चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्क सहित ८ जना आज प’क्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्