आइओसी प्रतिनिधिको दा’दागि’री, घु’स नपाएपछि दिनभर इन्धन आपूर्ति ठ’प्प

काठमाडौं, २ चैत । भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अ’वैध रूपमा मागेको रकम दिन नमा’न्दा शनिबार दिनभर इन्धन आपूर्ति ठ’प्प भयो । रकम नदि एका कारण आइओसीका प्रतिनिधिले जाँचपास रोकि दिएपछि ६९ वटा ट्यांकर दिनभर आइसिपी (इन्टरग्रेटेड चेक पोस्ट) को भारतीय हा’तामै रो’किए।

यो घ’टनासँगै इन्धन बोक्ने नेपाली ट्यांकर बाट आइओसीका प्रतिनिधिले बर्सेनि क’रोडौं रुपैयाँ अ’वैध रुपमा असु’ली गर्दै आएको समेत खुलेको छ। २०७५ जेठ १४ मा आइ ओसीका जेपी सिंहलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेर आइसिपी ना’का पठाइएको थियो। सिंह मार्फत नै नेपाली ट्यांकरबाट अ’वैध अ’सुली हुने गरेको छ। अ’वैध अ’सुलीका लागि सिंहले केही स्थानीयलाई परिचालन समेत गरेको जनाइएको छ।

‘जब आइसिपी राखियो तब बरौनीबाट आउने सबै ट्यांकर सोही ठाउँ भएर आउन थाले। त्यहाँ यस काममा आइओसीका प्रतिनिधि भएर जाँचपासमा सहजीकरण गर्ने भनेर नियुक्त एक जनालाई खटाइएको छ,’ पेट्रोलियम ढुवानी सम्बद्ध एक व्यवसायीले घ’टनाको पृष्ठभूमि बताउँदै भने, ‘तिनै प्रतिनिधिले अ’वैध तरिकाले रकम अ’सुल गर्दै आएका छन्।

सुरुमा सय,डेढ सय रुपैयाँ ट्यांकर चालकले दिने गरेका थिए। तर आइओसीका प्रतिनिधिले उक्त रकमलाई आफ्नो अधिकार मात्र ठानेनन्, त्यसलाई बढाउँदै पनि लगे। सोही रकम प्रतिट्यांकर ६ देखि सात सय भारतीय रुपैयाँसम्म पुग्यो, जसलाई प्रतिनिधिले आसे पासे खटाएर असुल्छन्।’ याे समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्