७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

काठमाडौं : घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृत सम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मु’क्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । उनीहरुलाई जिम्मेवारीबाट हटाएर एक हप्ते आचरण सुधारका लागि महानगरीय प्रहरी शिक्षालय महारागन्जमा पठाइएको समेत उनले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर लगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकै पटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जान कारी दिए ।

सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अ’पराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।

प्रतिक्रिया दिनुहोस्