असिनाले चु’टेर बालकको मृ’त्यु

अर्घाखाँची: अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिना पानीले चु’टेर मृ’त्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिना पानीले चु’टेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृ’त भेटिएका हुन् बाक्लो असिनाले चु’टेरनै बालकको मृ’त्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। घ’टनाबारे अनुसन्धान भइरहेको छ

त्यस्तै, शनिबार रातिको वर्षासँगै उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङ लगायतका बस्तीमा हिमपात भएको हो ।

प्रतिक्रिया दिनुहोस्