राजिनामा माग्न बोलाएकी उपसभामुख शिवमायाले ओली-प्रचण्डको हैसियत सोधेपछि…

काठमाडाैँ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाइ राजिनामा गराउने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय पछि आइतबार बालुवाटार बोलाइयो। बालुवाटारमा बोलाएकी तुम्बाहाङफेले मैले किन राजिनामा दिने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग मसँग राजिनामा माग्ने तपाइहरूको हैसियत के भनेपछि केहीबेर सन्नाटा छाएको थियो ।

पार्टीको शनिबारको निर्णयप्रति जिज्ञासा राख्दै तुम्बाहाङफेले ‘तपाईंहरूले त्यसरी निर्देशन दिन मिल्छ ? कुनै दलमा नभएको व्यक्तिलाई राजीनामा देऊ भनेर निर्देशन दिन कहाँ मिल्छ ? यो निर्णय गर्ने हैसियत तपाईंहरूलाई कसरी आयो ? भन्ने प्रश्न गरिन । उनको प्रश्नपछि ओली-दाहाल नाजवाफ भए । लगत्तै उनले यो निर्णय लेख्ने मान्छे को भन्ने प्रश्न गरिन । त्यसपछि महासचिव पाैडेलले माइन्युट अाफूले लेखेको बताए ।

लगत्तै उप सभामुखले भनिन् ‘तपाईंले लेखेको त्यो निर्णय फिर्ता लनोस, यसरी तपाईंहरूले निर्णय गर्न सक्नु हुन्न, म राजीनामा दिन्नँ । संविधानले संसद्को सभामुख रिक्त हुने व्यवस्था गरेको छैन, तपाईंहरूले सभामुख कसलाई बनाउने निर्णय लिनुभयो, त्यो निर्णय पहिले देखाउनुहोस्, छैन भने म राजीनामा दिन्नँ।’ उनले उपसभामुखबाट हटाउन अनुरोध गर्दै राजीनामा दिन अस्वीकार गरिन ।

उपसभामुख तुम्बाहाङफेले पार्टीले आफ्नो राजीनामाभन्दा पहिले सभामुखको उम्मेदवार को हुने निर्णय लिनुपर्ने र त्यो उम्मेदवारका रूपमा आफ्नो नाम नभए आफूले के कारणले राजीनामा दिनुपर्ने हो त्यो विषय लिखित रूपमै खुलाएर आफूलाई पत्र दिनुपर्ने बताएकी छिन । तुम्बाहाङफेको यो निर्णय अहिले सामाजिक सञ्जालको हटकेक बनेको छ । हामीले यो समाचार दैनिकी डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्