काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन ठूलो तयारी गरेको बताउनु भएको छ। कोरोनाको जो’खिमसँग जुध्ने साझा र’णनीति बनाउन सार्क देशका प्रमुखहरु बीच भएकाे भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले नेपालमा पनि जुनसुकै बेला कोरोना भित्रिन सक्ने जो’खिमलाई ध्यान दिएर रोकथामको तयारी तीव्र बनाइएको बताउनु भयो ।
नेपालले अहिले पूर्वतयारीलाई जोड दिएको र कोरोना भित्रिहालेमा सहज उपचार र नियन्त्रणको लागि पनि तयार रहेको ओलीले बताउनुभयो । अहिले नेपालका तीन वटै सरकारले काम गरिरहेको, अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरिएको, अन अराइभल भिसा बन्द गरिएको, पर्वतारोहण बन्द गरिएको, विमानस्थलमा जाँच कडाइ गरिएकाे तथा हेल्थ डेस्क राखिएको प्रधानमन्त्री अोलीले जानकारी दिनुभयो ।
अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर अस्पताल र स्वास्थ्य कर्मीको क्षमता बढाउन लागिपरेको पनि ओलीले जानकारी दिनुभयो । उहाँले महत्वपूर्ण समयमा यो नेतृत्व गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्