कोरनाबाट कसैको नि’धन नहोस भन्दै, रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाए !

एजेन्सी । कोरोना भाइरसको सं’क्रमण फै’लिए सँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटल लाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको सं’क्रमण बढ्न थाले पछि रोनाल्डोले वि’रा मीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर –७’ लाई अ’स्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । रोनाल्डोले होटललाई सात दिन भित्र अस्पतालमा परिणत गरेर कोरोना सं’क्रमित विरा मीको नि:शुल्क उपचार गर्न लागेको बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् ।

उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्ति गत गर्ने छन् । फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन्। रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरि पूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना सं’क्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो ।

तर प्रशिक्षणपछि उनमा कोरोनाको सं’क्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना सं’क्रमित भएको पृष्टि भएको छ। अहिलेसम्म कसैको ज्या’न भने गएको छैन । रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्