बाबुलाई भर्खरकी केटि चाहिएर अर्कि ल्याएपछि हराएकी आमालाई रुँदै बोलाइन् छोरीले (भिडियो)

काठमाडौं : काठमाडौको बानियाटार घर भएकी शोभा मराशैनी घर छोडेर सम्पर्क बिहिन भएकि आफ्नी आमालाई घर फर्किएर आउनु भन्दै मिडियमा आएकी छिन । आमा लक्ष्मी पौडेल २०६५ साल कार्तिक २५ गते घर बाट हिड्नु भएको शोभाको भनाई छ । आमा आजसम्म पनि सम्पर्कमा नआए पछि आफू खोजी गर्दै आएको उनको भनाई छ । आफू त्यो बेला सानै भएकोले खोज्न नसकेको शोभाको भनाई छ ।

आफू र एक बहिनी भएता पनि सबै त्यो बेला सानै भएकोले खोज्न नसकेको शोभाले बताएकी छिन । आमालाई पहिले देखि बाबा र हजुरामाहरुले धेरै दुख दिने गरेकोले आमा त्यसरी घर छोडेर हिड्न बाध्य हुनु भएको शोभाको भनाई छ । दाजु रोजगारको लागि दुबई गएको र आफू सानै भएकोले आमालाई पहिलै खोज्न नसकेको उनको भनाइ छ । बुवाले काठमाडौमा मेनपावर खोलेर बस्नु भएको शोभाले बताएकी छिन ।

बुबाले अर्कै भर्खर्की श्रीमती चाहिएको भन्दै आमालाई कु’ट पि’ट समेत गर्ने गरेको शोभाले बताईन । आफू सानै भएकोले आमालाई दुख पर्दा साथ दिन नसकेको शोभाको गुना’सो रहेको छ । आमाले आफू सानै हुदाँ त्यो बेला छोरी तेरो बिहे भएको भए म तेरो घरमा बस्थे भनी भन्ने गरेको शोभा बताउछिन । आमाले त्यो बेला धेरै पटक आ’त्माह’त्याको प्रयास पनि गरेको शोभाले बताएको छिन ।

अर्को बिहे गर्छु त घर छोडेर जा भनेर दिनदिनै बुबाले आमलाई मा’नसिक र शारीरिक या’तना दिने गरेको छोरी शोभाको भनाइ छ।आमाले म योघर छोडेर जादिन भने पछि मावलिबाट हजुरआमालाई समेत बोलाएर छोरी लिएर जानू म ५ लाख दिन्छु भनी बुवाले भनेको शोभाले बताएको छिन । घरमा बुबाले मात्र नभै हजुरआमा र फुपुहरुले पनि तनाव दिने गरेको सोभाले बताएकी छिन । आमाले बहिनी जन्माउदा छोरा छ भनेर राखेकी किन छोरी जन्माएकी भनेर यातना दिने गरेको शोभाले बताएकी छिन ।

पहिले घर परिवारले यातना दिए नि बुवाले साथ सहयोग दिएकोले आमा सहेर बस्नु भएको शोभाको भनाइ छ । पछि बुवाले पनि तनाव दिन थालेपछि घर छोडेर आमा हिडेको शोभाले बताईन् । आमा हराएको अर्को वर्षको जेठमा बाबाके अर्कि बिहे गरेर ल्याएको शोभाले बताएकी छिन् । कान्छी आमाले नै आफ्नो बिहे गराई दिएको उनले बताएकी छिन । आफ्नो बिबाह हुँदै गर्दा बिच मै बाबा र कान्छी आमा छोडेर हिडेको उनको भनाई छ ।

त्यहिबाट आफ्नो माइती घरमा राम्रो सम्बन्ध नरहेको शोभाले बताईन । हराएकि १३ वर्ष पछि खोज्दै शोभा मिडियामा आएको बताएकी छिन । उनके आफ्नी आमालाई भेट्नेलाई १ लाख पुस्कार दिने समेत बताएकी छिन । उनले आमालाई स’म्पर्कमा आइदिन पनि आग्रह गरेकी छिन । आब आमालाई आफै राख्ने उनको भनाई छ । त्यो बेला आफू केही गर्न नसकेको भन्दै अब आमालाई आफू कुनै कमि हुन नदिई राख्ने शोभाको भनाई रहेको छ । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्