आफ्ना होटललाई अस्पताल बनाउदै रोनाल्डो, कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने

काठमाडौं : बिश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना होटलहरुलाई हस्पिटल बनाउने भएका छन्। उनले कोरोनाभाइरस संक्रमितलाई उपचार सेवा दिन आफ्नो होटललाई हस्पिटल बनाउने बताइएको छ। उनले पोर्चुगलमा रहेको सिआर सेभेन ब्राण्डका होटलहरुलाई हस्पिटल बनाउन लागेका हुन् ।

उनले बनाउने उक्तट हस्पिटलमा उपचार गर्दा शुल्क नलाग्ने बताइएको छ । हस्पिटलमा लाग्ने सम्पुर्ण खर्च रोनाल्डोले बेहोर्ने बताइएको छ। उनले हस्पिटलका कर्मचारीलाई आफै तलब दिने र औषधिमा पनि आफ्नै खर्च गर्नेछन्। रोनाल्डो सामाजिक काममा सबैभन्दा अघि रहेका खेलाडी हुन् । उनले आफ्नो कमाईले सामाजिक दान र सहयोग पनि गरिरहने गर्छन् ।

इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन्। पाँचपटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन्। अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्