भारतमा कोरोनाबाट ज्या’न गुमाउने २ जनाकै छाेराछाेरी स’ङ्क्रमित

काठमाण्डौ: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्या’न गु’माउने दुई जनाका छोराछोरीमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने ६९ वर्षीया महिलाको छोरामा भाइरसको स’ङ्क्रमण पाइएको छ ।

दिल्लीको जनकपुरीमा रहने ४६ वर्षीय व्यक्तिको स्थितिमा सुधार देखिएपछि उनलाई राम मनोहर लोहियाको आईसीयूबाट सफदरजङ्ग अस्पतालको आइसोलेशन वार्डमा सारिएकाे छ । ती सङ्क्रमित व्यक्तिले गएको फेब्रुअरी ५ देखि २२ तारिख सम्म इटली र स्विजर ल्याण्डको भ्रमण गरेका थिए ।

त्यस्तै कलबुर्गीमा ज्यान गुमाएका ७६ वर्षीय पुरुषको छोरीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भारतमा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय आठ पुगेको छ। कोरोना भाइरसबाट भारतमा ज्या’न गु’माउने दुई जनाका छोराछोरीमा पनि कोरोनाको सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्