कोरोना भाइरस वि’रुद्ध सार्कको सामुहिक प्रतिबद्धता : ‘एक्लै होइन जुटे जित्न सकिन्छ’

काठमाडौं, २ चैत । एक्लो होइन सामूहिक शक्तिको क्षमतालाई बुझेर दक्षिण एसियाली मुलुकहरुले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वि’रुद्ध ल’ड्न सामूहिक प्रतिबद्धता जाहेर गरेका छन्। विश्वलाई नै कोरोना भाइरसले आफ्नो प्रभावमा ल’पेटदै गर्दा कुनै पनि क्षेत्रीय तथा महादेशीय संस्था वा संगठनहरु अझै सामूहिक प्रतिबद्धता जाहेर गरेर अघि आउन सकेका छैनन् ।

यूरोप जस्तो शक्तिशाली महादेशलाई नै त्रसित बनाउँदा समेत युरोपेली युनियन अझै सामुहिक प्रतिबद्धता जाहेर गरेर अघि बढ्न सकेको छैन भने अन्य महादेशहरुको पनि हालत उस्तै छ । सबै देशले आफ्नो बुत्ता र सामथ्र्यले भ्याएसम्म एक्लाएक्लै कोभिड–१९ को संक्रमण र स’न्त्रास वि’रुद्ध सं’घर्ष गरिरहेका छन् । यद्धपि धेरै समस्या र संकटमा युरोपेली युनियनले घोषणा गरेको लिपिबद्ध प्रतिबद्धतामा धेरे प्रयास स्वतः सामुहिक नै मानिने गरिएको छ ।

तर, औपचारिक रुपमा भने युरोपेली युनियनले पछिल्लो समय कोरोना आ’तंकबारे कुनै सांगठिन प्रतिबद्धता जाहेर गरेको छैन। तर, दक्षिण एसियाली मुलुकहरुले भने सामुहिक प्रतिबद्धता जाहेर गरेर क्षेत्रीयरुपमा नै एक भएर कोरोना भाइरस वि’रुद्ध ल’ड्ने सामु हिक संकल्प गरेका छन् ।

आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको भिडियो कन्फ्रेन्समा सहभागी दक्षिण एसियाली मुलुकका राष्ट्र र सरकार प्रमुखहरुले कोरोना वि’रुद्ध ल’ड्न सामुहिक प्रतिबद्धता कोशे ढुंगा सावित हुन सक्ने धारणा राखे । कोरोनाको कारण सबै देशका राष्ट्र तथा सरकार प्रमुखहरुले आआफ्नो पी’डा र छ’ट्पटी सुनाउँदा सबै देशलाई कोरोनाले त्र’सित र प्रभावित तुल्याएको प्रष्टसँग बुझ्न सकिन्थ्यो ।

आ’पत्तकालीन कोषको स्थापना

एकल सम्बोधन पछि आयोजित सामुहिक अन्र्तक्रियामा भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड–१९ वि’रुद्ध ल’ड्न आ’पतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ । कोरोना भाइरस वि’रुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष बनाउने प्रस्ताव राख्नु भएको हो ।

उहाँले कोषमा भारतले तत्काल एक करोड अमेरिकी डलर दिने घोषणा समेत गर्नुभयो । कोषमा जम्मा भएको रकम आ’पत कालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सकिनेछ । सार्क देशहरु बीच अनलाइन तालिम तथा साझा सफटवेयर बनाउने समेत मोदीको प्रस्ताव छ ।

नेपालको आवाजको सम्बोधन हुने सम्भावना

सार्कको वर्तमान अध्यक्ष राष्ट्र रहेको नेपालले लामो समय देखि सार्कलाई क्रियाशील बनाउनु पर्ने आ’वाज उठाउँदै आएको छ । नेपालको प्रस्ताव र आवाजमा सदैव स्वर मिलाउँदै आएको पा’किस्तान ले आज पनि भिडियो क’न्फ्रेन्समा त्यो स्वर मिलाएको देखियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना रोकथामका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै अब दक्षिण एसियामा थप क्षति हुन नदिन थप सचेत बन्नु पर्ने बताउनु भयो । उहाँले सार्कको औचित्यता फेरि एकपटक पुष्टि भएको चर्चा गर्दै सहकार्य र सामु हिक प्रतिबद्धताले नै कोरोना भाइरसको रोकथामको लागि सार्क राष्ट्रहरुले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

भिडियो कन्फ्रेन्समा पाकिस्तानी स्वास्थ्य मन्त्री डाक्टर जाफर मिर्जाले सार्क सचिवालयलाई यतिखेर सक्रिय बनाउन आवश्यक रहेको चर्चा गर्दै सार्कको सामुहिक प्रतिबद्धता कोरोनाविरुद्ध लड्न सहायकसिद्ध हुने बताउनु भयो । पा’किस्तानमा कोरोना भाइरस वि’रुद्ध भइरहेको कार्यहरु बारे जानकारी दिदै मिर्जाले दक्षिण एसियावासी जनतालाई बचाउन सार्कको क्रियाशीलता प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सबै एकजुट भएर ल’डौं

भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले कोरोना भाइरस (कोविड– १९) वि’रुद्ध ल’ड्न सार्क मुलुकहरुले बलियो समन्वय र सहकार्य गर्नु पर्ने प्रस्ताव राख्नु भयो । उहाँले आफ्नो मुलुक सबै सार्क मुलुकसँग यस मामिलामा सहकार्य गर्न तयार रहेको पनि प्रष्ट पार्नुभयो ।

त्यस्तै भूटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरस कुनै एक भूगोलमा मात्रै सीमित नभएकोले सार्क राष्ट्रहरु एक भएर भाइरस रो’कथाममा लाग्नु पर्ने बताउनु भयो । साथै, भाइरस नियन्त्रणका लागि सार्क राष्ट्रबीच प्रविधिको आदानप्रदान हुनुका साथै आगामी दिनमा समेत नेताहरुबीच कन्फ्रेन्स हुनुपर्नेमा उहाँको जोड थियो ।

श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षेले कोभिड १९ को महामारीसँग जुझ्न क्षेत्रीय संयन्त्र बनाउनु पर्नेमा जोड दिनु भयो । यस्तै, अफ’गानि’स्तानका राष्ट्रपति असरफ घानीले सार्कलाई प्रभाव कारी बनाउन सके कोरोना भाइरस वि’रुद्ध महत्वपूर्ण सफलता हात पार्ने विश्वास व्यक्त गर्दै सामुहिक सहकार्यलाई निरन्तर राख्नु पर्ने बताउनु भयो ।

माल्द्धिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीले समेत सार्कलाई अघि बढाएर सबै देश भाइरस वि’रुद्ध ल’ड्न एक हुनुपर्ने प्रतिक्रिया दिनु भयो । उहाँले आफ्नो देशमा कोरोना भाइरसका सं’क्रमित १३ जना भेटिएको जानकारी गराउँदै माल्द्धिभ्सको अर्थतन्त्र अहिले डामाडोल अवस्थामा पुगेको जानकारी दिनुभयो ।

के अब सार्क सक्रिय बन्ला त ?

सन् २०१४ को नोभेम्बर २६ र २७ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भए यता अहिले सम्म १९ औं सार्क सम्मेलन हुन सकेको छैन । १९ औं सार्क शिखर सम्मेलन पा’किस्तानमा २०१६ मा गर्ने भनिए पनि हालसम्म आयोजना हुन सकेको छैन। भारत र पाकिस्तानबीचको तनावले सार्क सम्मेलन प्रभावित हुँदै गर्दा सार्क संगठन नै निष्प्रभावी बन्ने खतरा बढेको थियो। तर सुखद पक्ष कोभिड १९ ले ल्याएको विश्वव्यापी संकटले सार्क पुनः सक्रिय बन्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्