चितवनमा पनि भूकम्पको धक्का महसुस

चितवन, चैत २ : चितवनमा आज (आइतबार) साँझ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले कास्कीको लुम्ले केन्द्र बनाई राती ८ः४५ बजे ५ रेक्टर स्केलको भूकम्प गएको पुष्टि गरेको छ। यस्तै भूकम्पको धक्का स्याङजा, गुल्मी लगायतका जिल्लामा समेत महसुस गरिएको छ ।

त्यस्तै, कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झट्का महसुस गरिएको छ। खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राति ८:४५बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्की को लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।

‘यो नयाँ भुकम्प हो, ‘विगतका भूकम्पको पराकम्पन होइन’- विकले भने । भुकम्पको धक्का कास्की र आसपासका ज़िल्लामा पनि महशुष गरिएको छ । यस अघी गत पुष १७ गते कास्कीको घाचोकलाई केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्