कोरोनाबाट बाबुको मृ’त्यु, छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहे…

केरला: भारतमा कोरोना भाइरस संक्रमणबाट दुईजनाको मृ’त्यु भइसक्यो ।तीमध्ये दोस्रो मृ’त्यु केरलामा शनिबार भएको हो । जुन घ’टना निकै हृ’दयविदारक बन्यो । मृ’तकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा राखि एका थिए । भारतीय मिडियाका अनुसार अदेलले आफ्नै बाबुको मृ’त्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।

गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको थियो । कोत्याम स्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बा’ध्य भए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि वा शंका लागेमा जो सुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भ’र्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अ’न्तिम बि’दाइ गर्न पाएनन् । यस घ’टनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसोलेसन या’तना शि’विर हैन ।’

प्रतिक्रिया दिनुहोस्