अल्लू अर्जुनको फिल्मले तोड्यो ‘बाहुबली’ को रेकर्ड

एजेन्सी, २९ पुष । साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवार बाट प्रदर्शनमा आएको छ । फिल्मलाई भारत तथा अन्य देशका दर्शकले समेत निकै मन पराएका छन् । भारतीय मिडियाका अनुसार फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । साथै फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको छ ।

फिल्मले अमेरिकामा समेत ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको बताइएको छ । ट्रेन्ड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ । फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ । त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराज लगायतका कलाकारहरुको अभिनय छ ।

आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन। उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् । बलिउड लाइफ डट कममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा बोलेका छन्, ‘मलाई हिन्दी सिनेमामा काम गर्न मन छ ।

मलाई बलिउड सिनेमा निकै मन पर्छ । मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ । किनकि, बलिउड निकै ठूलो उद्योग हो। यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ सिनेमाले पहिलो दिन घरेलू बक्स अफिसमा ५५ करोड माथीको व्यापार गरेको सिनेमा पण्डितको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्