काठमाडौं: मिर्गौला प्रत्यारोपणको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। २१ फागुनमा मिर्गौला प्र’त्यारोपण गराएका प्रधानमन्त्री ओलीको मूत्रनलीमा रहेको स्टेन्ट आइतबार बिहान निकालिएको छ।बिहान स्टेन्ट निकालेका ओली सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीच आइतबार साँझको भिडियो कन्फरेन्समा सहभागी भए। ओलीले सिंहदरबारस्थित एक्सनरुमबाट भिडियो कन्फरेन्स सम्बोधन गरेका थिए।
भिडियो कन्फरेन्समा सहभागी हुनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरलाई संक्रमणरहित तुल्याउन औषधि छर्किएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको दुई साता नबित्दै प्रधानमन्त्री ओलीले भेटघाटलगायत गतिविधिमा सक्रियता बढाएका हुन्। १२ दिन लामो अस्पताल बसाइपछि डिस्चार्ज भएको भोलिपल्टै शनिबार उनले पार्टीका शीर्ष नेतासँग भेट गरेका थिए।
ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेलसँग शनिबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभाग प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले स्टेन्ट निकालेका हुन् । स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओलीले ह्वीलचेयर प्रयोग गरेका थिए। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्