काठमाण्डौको कपनबाट एक लाख ६८ हजार मास्क ब’रामद, सात जना प’क्राउ

काठमाण्डौ : कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क ब’रामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार ब’रामद गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ। मुलुकमा कोरोना भाइ रस (कोभिड–१९) को जो’खिम रहेका बेला मास्कमा का’लोबजारी गरेको आरोपमा सात जना प्रहरीकाे नियन्त्रणमा परेका छन् ।

कोरोना भाइरस (कोभिड ¬१९) को सङ्क्रमणको जो’खिम भएका बेला यसरी प्रहरीले मास्क ब’रामद गरेको हो । कालोबजारी गरेको आ’रोपमा मास्क सहित सात जनालाई निय’न्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले सञ्चालन गरेको अर्काे सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आज सिल गरेर राखिएको छ। यसअघि शनिबार प्रहरीले डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान चलाइ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्