कोरोनाबाट बच्न नेविसंघको सहयोगमा हुम्लाका विद्यार्थीलाई मास्क वितरण

जनकबहादुर शाही, हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेका ५ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीलाई माक्स बितरण गरिएको छ। माक्स नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोगमा वीपी चिन्तन प्रतिष्ठान हुम्लाले बितरण गरेको हो । कोरोनाको सं’क्रमणबाट बच्नका लागि सिमकोट गाउँ पालिकाका ५ बटा सामुदायिक बिद्यालयका पाँच सय बिद्यार्थीहरुलाई निशुल्क रुपमा मास्क वि’तरण गरिएको वीपी चिन्तन प्रतिष्ठान हुम्लाका अध्यक्ष बसन्त रोकायाले बताए ।

अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि सबैलाई सचेत गराउन र माक्सको नियमित प्रयोगबाट धेरै रोगहरुबाट ब’च्न सकिने भएकाले साना साना नानीहरु भएका विद्यालयलाई मा’क्स बितरण गरेर सबैलाई माक्सको प्रयोग गर्ने सन्देश दिनका आबश्यक भएकाले अरु ठाउँ भन्दा बिद्यालयमा बढि भीड भाड हुने भएको हुँदा बिद्यार्थीहरु बाट सचेतना फै’लाउदा बढि प्रभाबकारी हुने हुँदा बिद्यार्थीलाई मा’क्स बितरण गरिएका नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं स’म्पर्क समितिका अध्यक्ष नर बहादुर भण्डारीले बताए ।

सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीरुलाई मास्क वितरण गरिएको हो । कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि सदरमुकाम सिमकोटका कालासिल्ता आधारभुत विद्यालय, मानसरोवर माबि, बाल मन्दिर मावि, हिमाली बहिरा तथा आवासीय विद्यालय, भिमसेन आधारभुत बिद्यालयका बिद्यार्थि, कर्मचारी, शिक्षक र जनप्रतिनिधि, बिमानस्थ सुरक्षाकर्मी, एयरलाईन्सका कर्मचारीहरुलाई निःशुल्क पाँच सय मास्क बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्