अर्घाखाँचीमा असिना पानीले चु’टेर २ को मृ’त्यु

नविन केसी, अर्घाखाँची, ०३ चैत । अविलरल वर्षासँगै परेको असिना पानीका कारण अर्घाखाँचीमा २ जनाको मृ’त्यु भएको छ । भने ६० क’रोड बराबरको हिउँदे अन्नबालीमा क्ष’ति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ ।

अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिना पानीका कारण दुई जनाको मृ’त्यु भएको छ। करोडौको अन्नबालीमा क्ष’ति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले जनाएको छ। मृ’त्यु हुनेमा ३८ वर्षका सालिबहादुर वलाल र १० वर्षका विकास नेपालीलाई असिनाले चु’टेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ ।

साथै सितगंगा नगरपालिकाको वडा नं ३ ,४,५ र १२ नम्बरका किसानले लगाएको हिउँदे बालीलाई पनि स’खाप पारेको सितगंगा नगरपालिका कृषि शाखाले जनाएको छ । ३ हजार घर धुरीले लगाएको ६० क’रोड भन्दा बढिको बाली क्ष’ती भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्