कोरोना भाइरस वि’रुद्धकाे खोप पहिलो पटक मानिसमा परीक्षण गरिंदै

काठमाण्डाै : कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयं सेवी सहभागी हुने बीबीसीले जनाएको छ ।

खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध ल’डेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ । पहिलो चरणमा कोरोना भाइरस विरुद्धको भ्याक्सि नको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।

परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम mRNA-1273 राखिएको छ । अमेरिकी सरकारी अधिकारीलाई उदृत गर्दा अन्तराष्ट्रिय संचार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार खोपको पहिलो परीक्षण सीयाटल स्थित कैसर पर्मानेन्टे वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्