सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

धनगढी, ३ चैत। सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रो’क लगाइएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले अध्यागमन विभागले भारतबाहेक अन्य (तेस्रो) मुलुकका कुनै पनि नगारिकलाई सीमानाकाबाट आउजाउमा रोक लगाउन परिपत्र गरेको बताए।

‘हामीलाई तेस्रो मुलुकका कुनै पनि नागरिकलाई आउ जाउमा रो’क लगाउनु भनेर परिपत्र आएको छ, त्यसै अनुसार काम भएको छ’, उनले भने, ‘त्योबाहेक अन्य कुनै निर्णयको जानकारी छैन ।’ परिपत्र अनुसार चैत १ (मार्च १४) गते राति १२ बजेदेखि तेस्रो मुलुकका नागरिकलाई सीमानाकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको उनले बताए। तेस्रो मुलुकका नागरिकलाई अप्रिल ३० सम्म सीमानाकाबाट आउजाउमा रोक लगाउन पत्रिपत्र भएको उनले बताए।

भारतीय नागरिक र नेपाली नागरिक भने निर्बाध रुपमा ओहोरदोहोर गरिरहेको उनले बताए। सुदूरपश्चिममा तेस्रो मुलुकका सबैभन्दा बढी नागरिक भित्रिने नाका महेन्द्रनगरको गड्डाचौकी हो। यो नाकाबाट जनवरीमा २ सय २४, फेब्रुअरीमा २सय ४९ र मार्च १४ सम्म १ सय ४५ जना तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएको तथ्यांक रहेको उनले बताए । नेपाल भित्रिनेमा अमेरिका, युके, इटाली, फ्रान्स, जर्मनी, स्विट्जर ल्यान्ड लगायत मुलुकका नागरिक छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्