७८ हजार मास्क सहित ७ जनालाई यसरी समात्न सफल भए रवि लामिछाने (भिडियो सहित)

काठमाडौँ, चैत ३ । विश्वका १५५ देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिसकेको समयमा नेपाल सरकारले पनि यसबाट बच्न व्यक्तिगत सावधानी अपनाउन सबै नागरिकहरुलाई आग्रह गरिरहेको छ। सरकारले बढी भीडभाड भएको ठाउँमा नजान, सभा सम्मेलनहरु नगर्न आग्रह गरिरहेको समयमा सार्वजनिक सवारी साधनको यात्रा अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ ।

कोरोना भाइ’सका कारण बजारमा कालो बजारियाहरु ठूलो संख्यामा चलमलाएका बेला मास्कमा का’लोबजारी गर्ने ७ जना समा’तिएका छन् । न्यूज २४ को विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ५०८ औं एपिसोड तयार पार्नै क्रममा रवि लामिछाने र उनको यूनिटले नेपाल प्र’हरीको सहायतामा काठमाडौँको डल्लुबाट उनीहरुलाई स’मात्न सफल भएको हो ।

उनीहरुको साथबाट लुकाएर राखिएको ७८ हजार मास्क समेत फे’ला पारिएको छ । उनीहरुले रु पाँच पर्ने मा’स्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्र’हरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । रविको यूनिटले कसरी मास्कमा कालो बजारी गर्नेलाई समात्न सफल भयो हेर्नुहोस् भिडियो.. भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्