नेपालीहरुलाई साउदी अरेबिया सरकारद्वारा २ हप्ताका लागि आवत जावतमा रोक

काठमाडौं । कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबार देखि नयाँ सहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रो’क लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

श्रम गन्तव्यमा कोरोना सं’क्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेका छन् । यसैगरी, बिदामा आएकाहरुले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसै गरी वैदे शिक रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताएको समाचार आजको कारोबार दैनिक छ ।

त्यस्तै, हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ। कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रो’क लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ । दमाम उडान मार्च १५ देखि २५ तारिखसम्म र दमाम-काठमाण्डौ उडान मार्च १६ देखि २९ तारिखसम्म स्थगित गरिएको हिमालय एअरलाइन्सले जनाएकाे छ

प्रतिक्रिया दिनुहोस्