धुर्मसलाई आमाबुबाले भने- जनताको र’गत र पसीनाबाट संकलित एक पैसा पनि दु’रुपयोग नगर्नु

काठमाडौं। करिब ३ अर्ब लागतमा चितवनमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जु’टाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सीतारामका बुबाआमा चितवन पुगेका थिए। धुर्मुस कमलाकुमारी र वोगराजका जेठो सन्तान हुन् । कमलाकुमारी र वोगराजका तीन छोरा र दुई छोरी रहेका छन ।

चितवनमा निर्माणाधीन रंगशाला हेरेपछि सीताराम कट्टेल धुर्मसकी ५५ बर्षीया आमा कमलाकुमारी कट्टेल र बोगराज कट्टेलले जनताको र’गत र पसीनाबाट संकलित एक पैसा पनि दुरुपयोग नगर्न छोरालाई सुझाव दिएका छन्। आमा कमलाले अगाडि भनिन् ‘नेपाल कै छोरो होस्, अरूले पनि मेरो छोरा भनिदिउन्, सबैको राम्रो होस्, राम्रो गरोस् ।’

रंगशाला निर्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वृद्धबाबु आमादेखि खाडीमा गएर चर्को श्रम गर्न बाध्य नेपालीहरुले गरि रहेको सहयोगको एक पैसा पनि हि’नामिना नगर्न र सबै खर्च पा’रदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ ।उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हि’नामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ ।

प्रतिक्रिया दिनुहोस्