युनिभर्सल मेडिकल कलेजमा बिरामीको ज्या’न गएपछि तनावग्रस्त, आफन्तद्वारा डाक्टर माथि कु’टपिट

रुपन्देही : उपचार गराउन आएकी महिलाको ज्या’न गएपछि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज तनावग्र’स्त बनेकाे छ । नवलपरासीको बर्दघाट नगरपालिका २ की यमकुमारी पुनको दाँतको उपचार गराउने क्रममा ज्या’न गए पछि आफन्तले चिकित्सकको लापर्वाहीले बिरामीकाे ज्या’न गएकाे भन्दै डाक्टर माथि नै हा’तपात गरेको बताइएको छ ।

अस्पतालको ला’पर बाहीले मृ’त्यु भएको भन्दै आफन्तले डाक्टर माथि कु’टपिट गरेका हुन् । अस्पतालका व्यवस्थापक कमल ढकालका अनुसार कु’टपिटबाट डाक्टर अर्चन घिमिरे सहित २० जना घा’इते भएका छन् । मृ’तकका देवर धर्म बहादुर पुनले शुक्रबार दाँतको उपचार गराउन आएकी भाउजुको डाक्टरको ला’पर्वाहीका कारण साेमबार ज्या’न गएको आराेप लगाउनु भयाे ।

डाक्टर माथि कु’टपिट भएपछि त्यहाँ रहेका अन्य डाक्टरहरुले प्र’तिकार गरेका छन् । अस्पतालले भने चिकित्सकको ला’पर्वाहीका कारण बिरामीको ज्या’न नगएकाे बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असामान्य अवस्थालाई नि’यन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्