पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि, ७४ नेपाली क्‍वारेन्टाइनमा

लिस्बन : पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोनाको पुष्टि भएको छ। एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फै’लन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारे न्टाइनमा राखिएको छ। उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको हो।

कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए। आइतबार साँझ उनीहरुलाई इ’न्सिनो ब्या’सीको २-३ सान्टो आ’न्तोनिऊ फा’रोमा राखिएको छ । सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन्। उता दक्षिण कोरियाको एउटा चर्चले नुनपानी खुवाउँदा र छ’र्किंदा कोरोना भाइरसको संक्रमणबाट ब’च्न सकिन्छ भन्दै मानिसहरुलाई नुनपानी छ’र्किएको थियो।

तर, एउटै बोटलबाट सबैलाई नुनपानी खुवाउँदा र छ’र्किंदा ४६ जनामा भाइरस फै’लिएको खुलासा भएको छ। राजधानी सोलको दक्षिणमा रहेको गुन्जी प्रान्तस्थित एक चर्चमा सो घटना भएको थियो। च’र्चका अधिकारीहरुले स्प्रे बोटल पालैपालो मानिसहरुको मुख मा छि’राएर नुनपानी खु’वाएका थिए।

मार्च १ देखि ८ सयम्म करिब एक सय जना ध’र्मावलम्बीलाई उनीहरुले यसरी पानी छ’र्किएका थिए। सं’क्रमित हुनेमा पा’स्टर र उनकी पत्नी पनि छन्। अहिले सरकारले चर्च ब’न्द गराएको छ र त्यहाँ जाने सबैको परीक्षण गरिएको छ। सोमबार दक्षिण कोरियामा ७४ नयाँ संक्रमित फेला परेका छन्। हालसम्म संक्रमितको संख्या ८ हजार ३ सय ३६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्