एक ट्रक मास्क बेचेर अढाई करोड नाफा कमाउने दाउ

काठमाडौं : मास्कको का’लो बजारी गरेको अ’भियोगमा ५ जनालाई प्रहरीले प’क्राउ गरेको छ । उनीहरूको साथबाट १० लाख ८ हजार थान मास्क पनि ब’रामद गरेको छ । प’क्राउ पर्नेहरूमा ललितपुर इमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, काठमाडौं कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मिया, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थानका ३७ वर्षीय सुवास महेश्वरी रहेका छन्।

बजारमा मास्कको कृत्रिम अभाव खडा गरी का’लोबजारी गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई काठमाडौंको कपन स्थित मिलन चोकबाट प’क्राउ गरेको हो । उनीहरूबाट आइतबार १ लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको सवारी साधन पनि ब’रामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

अनुसन्धानको क्रममा उनीहरूले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० विष्णुदेवी स्थित घर भाडामा लिई आरडिजी इन्टर नेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार सील पनि गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्थानीय तहको प्रतिनिधिको उपस्थितिमा सोमबार बिहान खोजतलासी गर्दा थप ८ लाख ४० हजार थान मास्क प्रहरीले ब’रामद गरेको बोगटीले बताए।

प्रहरीले ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई का’लोबजारी गरेर ३१ रुपैयाँमा बेचिरहेको आ’रोप लगाएको छ। ‘एक ट्रक मास्क बेच्दा अढाई करोड भन्दा बढी नाफा हुने रहेछ’, उनले भने। प्रहरीले ती मास्क चीनबाट ल्याइएको भएपनि कहिले नेपाल भित्रिएको बारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले प’क्राउ परेकालाई कालोबजारी एेनमा मु’द्धा चलाउने तयारी गरेको छ। जिल्ला प्रशासन प्रमुखले यो मु’द्धाको सुनुवाई गर्छन्।

प्रतिक्रिया दिनुहोस्