कोरोना त्रास : ३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो

काठमाडौँ : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाण पत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रो’क लगाएको छ । अध्यागमनले कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको हो । फिर्ता पठाइएकामा नेपाली मूलका बेलायती स्वर्णिम गुरुङ पनि छन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ। अध्यागमनले फागुन २७ देखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो । कार्यालय प्रमुख सागर आचार्यले भने, ‘फिर्ता हुनेमा भिसा नलिई आउने विदेशी पनि छन् । स्वास्थ्य प्रमाणपत्र नलिई आउने विदेशीलाई सोही जहाजबाट फिर्ता पठाएका छौँ ।’

विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सात दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनु पर्छ । भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलमा रहेको ‘डिटेक्सन’ कक्षमा राख्ने गरिएको छ । कार्यालय प्रमुख आचार्यले भने, ‘सकेसम्म उनीहरू आएकै जहाजबाट फिर्ता गर्छौँ । केही समस्या भए डिटेक्सन कक्षमा राख्छौँ ।’

कोरोना भाइरस रो’कथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया स्थगित गरेको छ । अहिले स’म्बन्धित मुलुकको नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएको छ । अन्नपुर्ण पोस्ट मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्