धरहराको १० औं तला ढलान गर्ने तयारी

काठमाडौं : पुनर्निर्माणकाे क्रममा रहेकाे धरहराको १० औँ तला ढलानको तयारी भइरहेको छ। धरहरा निर्माण गरिरहेको जीआईईटीसी रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यही हप्ता धरहराको १० औँ तलाको ढलान हुने जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले साेमबार धरहरा र रानी पोखरी पुन र्निर्माणको अव लोकन गर्नुभयो ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताउनुभयो । उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिपरिकाे क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्