ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने

काठमाडाैं, ४ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक माग भन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् ।

सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चागर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुन सुकै सिलिन्डर पनि साटि दिनुहोस् विश्व व्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सोमबार आपूर्तिमन्त्री भट्टले ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर ग्यास वितरणमा अ’सहयोग गरिए सेना र प्रहरी उतार्ने चे’तावनी दिएका हुन्। कोरोना भाइ रस संक्रमणको जो’खिमका बेला मौ’का छो’प्ने काम भए सरकार चु’प नबस्ने उनले चे’तावनी दिए।

प्रतिक्रिया दिनुहोस्