रोयल इन्फिल्डका यी चर्चित मोटरसाइकलको उत्पादन बन्द !

काठमाडौं : भारतीय बजारमा रोयल इन्फिल्ड थन्डर्रबर्ड ५००, बुलेट ५००, थन्डर्रबर्ड एक्स ५०० मोटरसाइकलको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएसँगै यसको अनलाईन बुकिङ समेत बन्द गरेको कम्पनीले जनाएको छ। यसअघि कम्पनीले यी मोटरसाइकल आफ्नो आधिकारीक वेवसाइट मार्फत बुकिङ लिदै आएको थियो ।

यससँगै कम्पनीको ५०० सीसी सेग्मेन्टमा ‘क्लासीक ५००’ मात्र ग्राहकले खरिद गर्न सक्नेछन्। कम्पनीले ५०० सिरिजमा मोटरसाइकल बन्द गर्ने हल्ला यसअघि नै चलेको थियो । हाल कम्पनीले बुकिङ लिन बन्द गरेसँगै ५०० सिरिजका मोटरसाइकल अब खरिद गर्न नपाउने भएको हो । भारतीय बाजरमा रोयल इन्फिल्डको ३५० सीसी सेग्मेन्टमा राम्रो बिक्री रहेको छ ।

यति हुँदा हुँदै पनि कम्पनीको गत बर्षको बिक्रीमा भने गिरा’वट आएको छ । यद्यपी कम्पनीले भारतबाट गर्ने निर्यातमा भने सुधार गरेको छ । विभिन्न रिर्पोट अनुसार ५०० सीसीका मोटर साइकलले भारतीय बजार अनुकुल ब्यापार गर्न नसकेको कारण ५०० सीसी क्षमताका मोटरसाइकल बिक्रीमा ब्रेक लिएको जनाइएको छ । बाइक पारखीका रोयल इन्फिल्ड सधैं रोजाइमा पर्छ।

भारतीय प्रदुषण मापदण्ड बीएस-६ मा अपग्रेड गर्दा मोटरसाइकलको मूल्य वृद्धि भइरहेको बेला रोयल इन्फिल्ड ५०० सिरिजका मोटरसाइकल अझै महंगो हुने भएकाले यसमा कम्पनीले खासै चासो नदेखाएको हो । करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न पनि उपयुक्त बाइक मानिन्छ।

प्रतिक्रिया दिनुहोस्