मध्यरातमा कतारले हेलिकप्टरबाट देशभर छर्कियो कोरोना मा’र्ने कीटनाशक

दोहा। कतारमा कोरोना भाइरस (कोभिड–१९)ले आ’तंक म’च्चाएपछि यसको नियन्त्रण तथा रोकथाम गर्न यहाँको सरकारले गएराती देशैभरी की’टनाशक छर्किएको छ । गएराती १२ बजेपछि कतारी सेनाले हेलिकप्टरबाट देशभर की’टनाशक छर्किएको हो । की’टनाशक छर्नु अघि सरकारले सोमबार दिउँसै सूचना जारी गर्दै सोमबार मध्यरात पछि की’टनाशक छर्ने कार्यक्रम रहेकाले कसैलाई बाहिर ननि’स्कन र बाहिर राखिएका क’पडा उठाउन आग्रह गरेको थियो।

यसअघि कोरोना भाइरस फैलिने सम्भावित जो’खिमलाई मध्यनजर गर्दै कतारले २ हप्तासम्म देशमा भित्रिने सबै उडानमाथि प्र’तिबन्ध लगाएको थियो। सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो सिस्टम आइतबार बेलुकी देखि नै ब’न्द गराएको छ । मानिस– मानिसबीच प्रत्यक्ष सम्पर्कबाट भाइरस फैलिने ख’तरा कम गर्न सरकारले ५५ वर्षमाथिका, ग’र्भवती र दी’र्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।

सरकारले यसअघि नै स्कुल ब’न्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने निर्णय गरिसकेको छ । उद्योग तथा बाणिज्य मन्त्रालयले समेत ट्वी’ट गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रेष्टुरेण्ट र क्याफेमा खाना खान प्र’तिबन्ध लगाइएको जानकारी दिएको छ । खाना घरमै डेलिभरीका लागि अर्डर गर्न भने पाइन्छ । म’हामारीले निजी क्षेत्रलाई पार्ने नोक्सानीमा सहयोग गर्नको लागि सरकारले ७५ अर्ब कतारी रियल बराबरको राहत प्याकेज समेत घोषणा गरेको छ। हालसम्म कतारमा ४ सय ३९ जनामा कोरोनाको सं’क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्