आज स्वाट्टै घट्यो सुनको भाउ, चाँदीमा पनि भारी गि’रावट

काठमाडौँ। आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन आज एकै दिन तोलामा २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७७ हजार ५ सय तथा तेजावी सुन ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि ८० रुपैयाँ गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहे को छ।

सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ। सुनको भाउ मङ्गलबार एकैदिन तोला मा दुई हजार रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्