काेराेनाका कारण भारतमा तेस्राे व्यक्तिकाे ज्या’न गयाे, ताजमहल बन्द

काठमाण्डाै : कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्या’न गएको छ। महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्या’न गएसँगै भारतमा कोरोनाका कारण ज्या’न गु’माउनेको सङ्ख्या तीन पुगेको छ। दुबईबाट फर्किएका वृद्धको ज्या’न गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्या’न गु’माउनेको सङ्ख्या चार पुगेको छ। यसअघि साेमबार पा’किस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्या’न गएको थियो। नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको स’ङ्क्रमण भएकाे छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल ब’न्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जो’खिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको सं’स्कृति मन्त्रालयले जनाएको छ। भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्