मेलम्ची सुरूङ प’रीक्षण, खानेपानीमन्त्री विना मगर भन्छिन्, समयमै आउँछ काठमाडौंमा पानी

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको एक किलोमिटर सुरुङ मार्ग परीक्षण सोमबारबाट सुरु भएको छ । मेलम्चीको हेडवक्र्सबाट सुरुङ मार्गको परीक्षण गरिएको हो । आयोजनाका कार्यकारी निर्देशक रितेश खत्रीले मेलम्ची को काम अन्तिम चरणमा पुगेकाले निर्माण सम्पन्न भएका संर’चनाको प’रीक्षण भइरहेको जानकारी दिए ।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य उत्साह जनक रहेको बताएकी छन् । सोमबार मेलम्ची पुगेर आयोजनाको निरीक्षण गरेकी मन्त्री मगरले द्रुुत गतिमा काम भएकाले तोकिएको समयमा मेलम्ची काठमाडौँ आउनेमा कुनै शंकका नभएको दाबी गरिन् । ठेकेदार कम्पनी सिनो हाइड्रोले भेन्टिलेसन साफ्टहरू, पा’इप जडान, स्का’डा प्रविधि जडा’न लगायतका साना ठे’क्काका काम पनि गरिरहेको छ ।

यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रूपमा अघि बढिरहेको खत्रीको भनाइ छ । अहिलेसम्म हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्ला इको काम १०० प्रतिशत, गेटको काम, सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेसनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्