काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९) को स’ङ्क्रमणबाट जोगाउन विकास गरिएको खो’प पहिलो पटक मानिसमा परीक्षण गरिएको छ। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमा नेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खो’प परीक्षण गरिएको हो ।
यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना वि’रुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनिन् । विश्वभरका वैज्ञानिकहरु भाइरस वि’रुद्धको खो’प उत्पादन गर्न फा’स्ट ट्रयाक शैलीमा अनुसन्धान गरिरहेका छन् ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् । पहिलो चरणमा कोरोना भाइरस वि’रुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ । प’रीक्षण गर्न लागिएको खो’पलाई mRNA-1273 को नाम दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्