ग्यासको लाइनमा नबस्नुहोस, बिजुली नियमित बनाएका छौ बिजुली प्रयोग गर्नुहोस् : कुलमान घिसिङ

काठमाण्डाै : कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ। सामान्य अव स्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात भैइरहे पनि बजारमा ग्यास पाइन छाडेको छ । नागरिकले घर घरमा सिलिन्डर थुपारिरहेका छन् ।

मासिक ४३ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले निगमले मासिक ४५ हजार टन ग्यास आयात गर्दा पनि बजारमा अभाव देखिएको छ । आयल निगम र ग्यास उद्योग संघले ग्यास नथुपार्न आग्रह गरेपनि उपभोक्ता भने ग्यासको लाइनबाट पछि हटेका छैनन्।

ग्यास सहज रुपमा उपलब्ध हुने र यसको विकल्प पनि रहेको सरकारले जनाएको छ । खासगरी नाकाबन्दीका बेला ग्यासको अभाव रहेको र बिजुली पनि अनियमित भएको सम्झेर उपभोक्ता आत्तिएको तर अहिले ग्यास नभए पनि बिजुली नियमित भैरहेकाले नआ त्तिन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

ग्यासको लाइनमा नबस्नुस्, बिजुली उपयोग गर्नुहोस : कुलमान घिसिङ

नेपाल विद्युत प्राधि करणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नु भएको छ । उहाँले विद्युतीय चुल्हो र अन्य उपकरण मार्फत खाना पकाउन पनि आग्रह गर्नु भएको छ । अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको पनि दावी गर्नुभयो ।

‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ, हामीले अहिले बिजुली नियमित बनाएका छौं, लोड सेडिङ छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ ।’ घिसिङले भन्नु भयो । उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताउनुभयो ।

प्राधिकरणले ट्रान्सफर्मर, प्रसारणलाइन लगायतका संरचना मर्मत र विस्तार गरेकाले बिजुली अनियमित हुने सम्भावना नरहेको पनि दावी गर्नु भयो । अहिले बिजुलीको माग अधिकतम १३ सय मेगावाट सम्म पुगेको छ । प्राधिकरणले अत्याधिक माग हुने समय अर्थात पिक आवरमा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्